संसारकै धनी गाउँ

काठमाडौँ । जेठ २५, यो दुनियामा एउटा यस्तो गाउँ छ जुन सहरभन्दा सम्वृद्ध तथा हाइटेक मात्र छैन त्यहाँका मानिसहरुको आम्दानी सहरी बासिन्दाको तुलनामा निकै धेरै छ ।
हामीले प्रायः संसारका सबैभन्दा धनी मानिसहरुको बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ रु हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात छ ।
यो गाउँलाई संसारकै सबैभन्दा धनी गाउँको नामले पनि चिनिन्छ । संसारकै सबैभन्दा धनी गाउँ हाम्रै छिमेकी मुलुक चीनमा रहेको छ । यो गाउँका मानिसहरुको वार्षिक औषत आम्दानी करीब १ करोड ३० लाख रुपैयाँ बराबर छ ।
उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ । संसारको सबैभन्दा धनी यो गाउँ चीनको जियांग्सू प्रान्तमा रहेको छ ।
उक्त गाउँको नाम हुआझी हो । चीनको यो गाउँ यस्तो छ कि त्यहाँ पुग्दा जोकोहीले पनि देशको राजधानीमा जस्तै सुविधाहरु सजिलैसँग प्राप्त गर्न सक्दछ ।
यो गाउँ कृषिप्रधान गाउँ हो । यहाँका मानिसहरुको मुख्य पेशा खेतीपाती नै हो । अधिकांस मानिसहरु कृषिमा निर्भर छन् । तर कृषिमा संलग्न हुनुुका बाबजुत पनि यो गाउँका मानिसहरुको जिवनशैली सहरका मानिसहरुको भन्दा पनि उन्नत छ ।
चीनको जियाङयिन सहर नजिकै रहेको यो गाउँका सबै मानिस धनाढ्य छन् । गाउँका सबै मानिससँग पक्की घर, महंगा गाडी तथा सबैखाले सुखसुविधा छन् । गाउँका सबै सडक पक्की छन् । ढल निकासको व्यवस्था पनि सहरको भन्दा कम छैन ।
सन् १९६१ म स्थापना भएको यो गाउँ त्यसबेला निकै गरीब थियो । कृषिको अवस्था पनि राम्रो थिएन । त्यसपछि गाउँमा कम्युनिष्ट पार्टीको संगठन स्थापना भयो । संगठनका अध्यक्ष उ रेनवाओले गाउँको चित्र नै बदलिदिए ।
गाउँका मानिसहरुले अलग अलग खेती गर्नुको साटो समूहमा खेती गर्न सुरु गरे । सामूहिक खेतीकै कारण त्यहाँका मानिसहरुको भविष्य यसरी बदलियो कि सबै मानिस करोडपति बनेका छन् ।