नेप्से परिसूचक १७.६४ अंकले गिरावट

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, बुधबार ६० अंक भन्दा बढी अंकले बढेको सेयर बजार बिहीबार भने गिरावट आएको छ ।


बिहीबार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको छ । बुधबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ ।

जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २।७० प्रतिशतले बढेको छ ।

 

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्