मलले कृषकलाई पिरोल्दै, बाली उत्पादनमा समस्या
सहयात्रा टिभी
काठमाडौँ । जेठ २९, विराटनगर विगत लामोसमयदेखि प्रदेश १ का कृषकले भोग्दै आएको मलको समस्याले अझै पनि पिरोल्ने भएको छ।
विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेशका सबै जिल्लामा माग भए आए अनुसारको रसायनिक मल उपलब्ध गराउन नसकिएको जनाएको छ।
कार्यालयका अनुसार हाल प्रदेश सरकारले वितरणका लागि राखेको मल स्थानीय तहको सिफारिसमा सहकारीमार्फत वितरण गर्दै आएको छ। जसका कारण हाल प्रदेशभित्र मलको समस्या बढ्दै गएको छ।
कार्यालयका प्रमुख नरेश सापकोटाले हाल कार्यालयसँग डिएपी मल ८ सय र पोटास १ हजार २ सय मेट्रिक टन मौज्दात रहेको बताए। यतिबेला कृषकलाई आवश्यक पर्ने यी दुवै मलको मौज्दात प्रदेशमा वितरणका लागि कम हुने उनले बताए।