केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ अंकले घट्यो सेयरबजार

सहयात्रा टिभी

काठमाडौँ । असार १४,नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर १९२१.३१ विन्दुमा पुगेको छ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ३.२२ अंकले झरेको छ। २३० कम्पनीको सेयर कारोबार भएको दिन ३० लाख कित्ता मात्र किनबेच भएको छ।

नेप्सेका अनुसार २३ हजार पटकको कारोबारमा १ अर्बको सेयर खरिदबिक्री भएको हो। कुल १३ मध्ये जीवन बीमा र वाणिज्य बैंकको सूचक हरियो भए पनि बाँकी राताम्य हुनपुगेका छन्।

पहिलो दिन उछाल आएको सेयरबजारमा लगातार दोस्रो र तेस्रो दिन गिरावट आएको हो। आज सीवाईसी लघुवित्तका सेयरधनीले मात्र कमाएका छन्। उनीहरुले १० प्रतिशत आम्दानी गर्दा अन्य कम्पनीका लगानीकर्ता निराश भएका छन्।

आज गुमाउनेहरुले ५।७३ प्रतिशतसम्म गुमाउनुपरेको छ भने सर्वाधिक कारोबारमा एसियन लाइफ इन्स्योरेन्स अगाडि छ।

प्रकाशित : 28 June, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्