सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाडौँ । ३१ असार, साताको अन्तिम दिन आज सुनको मुल्य ८ सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।