सुनको मुल्य आज पनि घट्यो

काठमाडौँ । साउन १, सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ ।
आज सुनको मुल्य तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।