एक अर्बको बजेट फ्रिज
सहयात्रा टिभी
डोटी । साउन ३, कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसारआर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ ।
जिल्लामा कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो ।स्थानीय तहमा सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १२.३१ प्रतिशत रकम फ्रिज भएको र सायल गाउँपालिकामा सबैभन्दा कम १.४२ प्रतिशत रकम फ्रिज भएको छ ।