दुई दिनपछि युके जाने तयारीमा रहेकी श्रीमती सहित सपरिवार मृतावस्थामा

सहयात्रा टिभी

काठमाडौं । साउन १६, राजधानीको काभ्रेस्थलीमा एक तले घरभित्र एकै परिवारका चार जना मृतावस्थामा फेला परेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका(६) अश्राङ स्थाई घर भई हाल राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा दुई दिनपछि युके जाने तयारीमा रहेकी श्रीमती सहित सपरिवार मृतावस्थामाफेला परेकाछन् ।

 

मृतक  मध्ये ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका भएको जानकारी पाइयो । घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतकहरू गोरखा स्थायी घर भई अहिले पदमशालमा बस्दै आएकादिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए र श्रीमती सुनिता पाण्डे भने दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाइएको छ ।

आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको स्कुल बसका कर्मचारीले प्रहरीलाई खबर गरि जानकारी गराएका थिए ।

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको जानकारी पाइएको छ । घटनास्थलको प्रकृति हेर्दा आपसी भनाभन भई हत्या गरेको घटना घटेको जस्तो देखिन्छ ।

प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ । जानकारीका अनुसार शुसाईट नोट पनि रहेको पाइएको छ । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा धेरै स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए

 

 

प्रकाशित : 1 August, 2022

प्रतिक्रिया दिनुहोस्