पक्राउपुर्जी जारीलाई रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे गम्भीर अवस्था निम्तने विप्लवको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । साउन १६,  ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट का महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई ३५ दिने पक्राउ पूर्जी जारी गरिएको सूचना सार्वजनिक गरेको थियो ।

 

पक्राउपुर्जी जारीलाई रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे गम्भीर अवस्था निम्तने विप्लवको चेतावनी दिदै सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको ,र पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ ।

 

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाउनुभएको हो । पक्राउ पुर्जी जारीलाई रोकेर तीन बुँदे सहमति कार्यान्वयनको माग राख्दै तदारुकताका साथ कार्यान्वयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिनुभएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम भएकोले सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै रहेको र सहमति अनुसार सरकारले काम अघि नबढाएकोमा सरकारलाई चेतावनी दिदै ६ जिज्ञासाका मुख्य मुख्य जवाफ सहित ुहातमा दही जमाएर बस्नेवाला छैनौँ’भनेका छन्

 

प्रकाशित : 1 August, 2022

प्रतिक्रिया दिनुहोस्