प्रधानमन्त्री देउवाको सक्रियतामा लोसपालाई सरकारमा सहभागी गराउने तयारी

सहयात्रा टिभी

काठमाडौं । साउन १७,  प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियतामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको  छ। सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको लोसपाका अध्यक्षले जानकारी दिए ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा जाने भन्ने भइसकेको छ तर कुन दिन भने तोकिएको छैन , ‘हामीले उठाएको प्रमुख मुद्धा नागरिकता विधेयक हो । राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।’

लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । थप एक राज्यमन्त्री पनि लोसपाको माग छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताए । प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरुको भनाइ छ ।

सरकारले संघीय र प्रदेश सभा निर्वाचन मंसिर ४ मा गर्ने तयारी गरेको छ। अब बस्ने मन्त्रिपरिषद बैठकबाट मंसिर ४ मा चुनावको मिति घोषणा हुने र  त्यसअघि नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  लाई सरकारमा ल्याउने तयारी भै रहेको छ ।

प्रकाशित : 2 August, 2022

प्रतिक्रिया दिनुहोस्