सप्तकोसीमा ठूलै बाढी आउने संकेत केही बस्तीमा, उच्च सतर्कता अपनाउन आग्रह

सहयात्रा टिभी

काठमाडौं । साउन १७, सप्तकोसी नदीमा ठूलै बाढी आउने शंकेत केही बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको बाढी सूचना केन्द्रले जनाएको छ । पहाडी जिल्लामा हिजो सोमवारदेखि परेको ठूलो पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो ।

सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।  उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको र बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्नेछन् । नदी किनारका केही बासिन्दाले सुरक्षित ठाउँको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ ।

प्रकाशित : 2 August, 2022

प्रतिक्रिया दिनुहोस्