केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुम्बई उड्न लागेको विमान रोकि चेकजाँच, चेकजाँचबाट सुन चोर भएको खुलासा

सहयात्रा टिभी

काठमाडौं । साउन १८, काठमाडौंबाट मुम्बई जान लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच गर्दा   १ जना शंकास्पद रहेको र त्यसबारे बिस्तृत चेकजाँच भईरहेको जानकारी दिए । चेकजाँच सकि यात्रु भरेर उड्नै लागको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ ।

उक्त विमानमा चढेका  १ जना शंकास्पद यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले हेडक्वार्टरबाट आएको शंकास्पद वस्तु रहेको सूचनाका आधारमा सोहि सूचनाको पुष्टि गर्न, चेकजाँच गरी विमानमा चडिसकेका यात्रुलाई ओरालेर विमानस्थल प्रहरीले  चेकजाँच गरिरहेको जानकारी दिएका छन् ।

पछिल्लो जानकारी आए अनुसार शंकास्पद  व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी शंकास्पद  व्यक्ति आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हो ।

विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिएका छन् । उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ । बाँकी विस्तृत सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्