आज चौथो सोमबारः बोलबम यात्रामा तल्लीन भक्तजन

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, आज साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा हरिया चुरा र पहेलो बस्त्रमा सजिएका बोलबम यात्रामा तल्लीन भक्तजनको भीड लागेको छ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ बिहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

साउन महिनाको अर्को आकर्षण भनेको बोलबम यात्रा हो। शिवभक्तहरु पहेँलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दै सुन्दरीजल पुगेर कलशमा पानि भरि ल्याउने र शिवजीलाई चडाउने गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ ।बोलबम यात्राका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।

बोलबम यात्रीहरु सुन्दरीजल पुगेर पूजा आराधना गर्ने गरेका छन्। यात्रामा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गर्दछन्।

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्