अब आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, आईपीओ भर्दा अब सि-आश्वा शुल्कबापत ५ रुपैयाँमात्रै तिर्नु पर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको आइतबार साँज बसेको सञ्चालक समितिको बैठकले आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्दा अधिकतम् १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यद्यपि केही बैंकहरुले भने निःशुल्क सेवा दिँदै आएका थिए

बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कबाट १ रुपैयाँ सीडीएसी, १ प्रबन्धक कम्पनीलाई जान्छ भने बाँकी रकम बैंक आफैँले राख्छ ।

‘धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरु लगानीकर्ताप्रति उत्तरदायी बनुन भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ सेबोन अध्यक्ष रमेश हमालले भने ।

बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित : 22 August, 2022

प्रतिक्रिया दिनुहोस्