मधेस प्रदेशमा सबैभन्दा धेरै मिटरब्याजीविरुद्धको उजुरी

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी र मधेस प्रदेशमा सबैभन्दा धेरै मिटरब्याजीविरुद्धको उजुरी परेको जनाएको छ ।

मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो।

कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिवले जानकारी दिए अनुसार मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको जनाएको छ ।

 

प्रकाशित : 22 August, 2022

प्रतिक्रिया दिनुहोस्