राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न चौथो पटक पनि ट्रेजरी बिल खरिद गर्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ब्याजदर नियन्त्रण गर्नट्रेजरी बिल आफैंले खरिद गरेको छ ।  यसअघि १६ साउन, २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो ।

केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको जनाएको छ ।

साउन पहिलो साता मौद्रिक नीति ल्याएपछि ९ साउनमा बोलकबोल गरेको ट्रेजरी बिलमा बैंकहरुले डिस्काउन्ट रेट १४ प्रतिशतसम्म बोलकबोल गर्दा राष्ट्र बैंकले स्वीकार गरेको थियो ।

तर, त्यसपछि हरेक पटक नवीकरणका लागि बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै आएको छ । ९ साउनपछि राष्ट्र बैंकले ४२ अर्ब ४३ करोड ३२ लाखको ट्रेजरी बिल नविकरणको लागि बोलकबोल ल्याएकोमा ३५ अर्ब ४० करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्