सेजका बाँकी रहेका प्लटहरूमा पनि उद्योग सञ्चालन गर्ने सम्झौता

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र  (सेज)का  बाँकी  रहेका सबै प्लटहरूमा  पनि उद्योग  स्थापना गरि सञ्चालन गर्ने सम्झौता भएको जनाएको छ ।

५२ बिगा क्षेत्रफलमा रहेको भैरहवा सेज निर्माण सुरु भएको १० वर्षपछि बल्ल पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । अब सेजका ६८ प्लटमा ३३ वटा उद्योग सञ्चालन हुने छन् ।

विगत दुई वर्षदेखि ७ वटा उद्योगहरू सञ्चालनमा आएको सेजमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योगहरू आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिएका छन् ।

उनले भैरहवा सेजका सबै प्लट पूरा भएको बताए । सेजमा हाल ७ वटा उद्योगले ३ अर्बको लगानी गरेर ४ सयलाई रोजगारी प्रदान गरिरहेको छ । अब आउने उद्योगहरूले ९ अर्ब लगानी पुर्‍याउने भट्टको भनाई छ ।

पछिल्लो पटक सम्झौता गरेका मसला र मार्बल उद्योगले ९० करोड लगानी गर्ने लगानी प्रतिबद्धता जनाएका छन् । ३ वटा प्लटका लागि मसला र मार्बल उद्योगले सम्झौता गरेका जानकारी दिएका छन् ।

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्