हतकडीसहित अस्पतालबाट फरार भएका कैदी लुभुमा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, काठमाण्डौको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट हतकडीसहित फरार भएका कैदीलाई प्रहरीले लुभुमा पक्राउ पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका कैदीलाई जावलाखेलमा राखिएको छ । रामेछाप पिल्पुङ्ग गाउँपालिका–२ घर भएका ३१ वर्षका भोला बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् । उनलाई हिजो उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

आँखाको उपचारका लागि हिजो अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज बिहान पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

कैदी फरार भएलगत्तै अध्ययन गर्न छानबिन समिति गठन भएको छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

उनी रहेको अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्