अवैध तवरले पसल सञ्चालन गरेको अल्फा हाउसको भुईं तल्ला खाली गराउदै

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।

 

बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए । बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए ।

मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले अल्फा हाउसको नक्साको अध्ययन गरेको छ र तल्लो तल्ला अनधिकृत प्रयोग भएको ठहर गरिएको छ ।

केही बेरमा महानगरको टोली अल्फा हाउसको भुईं तल्ला खाली गराउन नयाँ बानेश्वर पुग्दैछ ।

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्