ट्रक पल्टिएर दाङमा एक सहचालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, दाङमा ट्रक दुर्घटना हुँदा ट्रक पल्टिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए । ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

 

 

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्