नेपाल राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्ने

सहयात्रा टिभी

काठमाडौ । भदौ २८, नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने जनाएको छ ।  बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो । सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५/५ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । जसमा न्यूनतम ८.८३९९ प्रतिशत र अधिकतममा ९.२००० प्रतिशतमा ९.०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्रेजरी बिक्री गरेको थियो ।

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्