राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउँदै
काठमाडौ । असोज ६, बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ ।राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सोझै खरीद बोलकबोल ९आउट राइट पर्चेज० मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो । ६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेश गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वाषिर्क प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ राष्ट्र बैंक्ले जनाएको छ ।
केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।
२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रिय बैंकले जनाएको छ ।