लखनउमा ट्र्याक्टर पोखरीमा खस्दा १० जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज ११, भारतको लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए ।

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहका अनुसार “ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो।

एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरेको छ ।

प्रकाशित : 27 September, 2022

प्रतिक्रिया दिनुहोस्