सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५५ करोडमा सीमित

सहयात्रा टिभी

काठमाडौं । असोज २५, सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रति) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।

दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ ।

नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।

 

 

 

प्रकाशित : 11 October, 2022

प्रतिक्रिया दिनुहोस्