भौगोलिक विकटतामा धनकुटाका १६ केन्द्र अति संवेदनशील
सहयात्रा टिभी
काठमाडौं । असोज २७, आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ ओटा मतदान केन्द्र अति संवेदनशील रहेका जनाएको छ ।
सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ ओटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ ओटालाई संवेदनशील र ५४ ओटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।