१० दिनदेखि बन्ध रहेको सुर्खेत–कालीकोट राजमार्ग सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौँ । असोज ३१, कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–कालीकोट सडक खण्डमा गाडी चल्न थालेका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-२ सेरीघाटमा तिलानदीले बगाएको सडकको पुनःनिर्माण हिजो बेलुका सकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।


सेरीघाटको चट्टान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा फुटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालीकोटको पिलिसम्म राजमार्ग सञ्चालनमा आएको र पिलीबाट जुम्लासम्म पनि सडकको अवरोध पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । सडक खुलेसँगै १० दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।

 

प्रकाशित : 17 October, 2022

प्रतिक्रिया दिनुहोस्