‘मखमली’ परिचय बनाउदै भक्तपुरको गुन्डु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, मखमली फूलले ढपक्कै ढाकेको बारी । घरै पिच्छे माला उन्न भ्याइनभ्याइ छ । भक्तपुर सूर्यविनायकदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको गुन्डु गाउँले गएको धेरै वर्ष अघिदेखि ‘मखमली’ परिचय बनाएको छ ।

तिहारमा भाइटीकाको बेला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुन्डुमा बन्छ । पहिले पहिले नेपालमा मात्र बिक्री हुने मखमली फूलको माला अहिले विदेशमा रहेका नेपालीहरुसम्म पुग्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ ।

मखमली खेती गर्नु अगाडि त्यस गाउमा मुला, केराउ जस्ता तरकारी खेती हुने गथ्र्यो। यसरी गाउले हरुले फूल खेती गर्न थाले । त्यसपछि त्यही सिको गर्दै गुन्डुकी सञ्जु बिष्टले पनि खेती गर्न थाल्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘धान, मकै अरुभन्दा यसमा पैसा आउँछ भनेर लगाएको यसपाली चाहिँ आएन ।’

अघिल्लो वर्ष ३० रुपैयाँमा बिक्री भएको माला यस पटक भने व्यापारीले २० रुपैयाँ मात्र दिए । उहाँ भन्नहुन्छ, ‘पहिले पहिले ३० दिएको माला अहिले २० मात्रै दिन्छन् । बीच बीचकाले खाइदिएर अहिले हामीले २० रुपैयाँभन्दा पाएका छैनौँ ।’

धागो तथा फूलमा हाल्ने औषधिको भाउ बढ्दा पनि मालाको भाउ नबढेकोमा उहाँको गुनासो पनि छ । उहाँ भन्नहुन्छ, ‘औषधिको पनि मूल्य बढ्यो, धागोको पनि मूल्य बढ्यो । तर, मालाको भाउ भने बढ्नुको साटो घट्यो ।’

यति नै भन्ने नभए पनि उहाँ सालाखाला सिजनमा डेढरदुई लाख रुपैयाँ कमाउनुहुन्छ । उहाँले यो सिजनमा अहिलेसम्म झण्डै ६ हजार जति माला तयार पारिसक्नु भयो । सबै माला बिक्री पनि भइसके । विदेश लैजाने माला भने दशैँ अगाडिदेखि नै व्यापारीहरु लिन आउने हुनाले धेरै पहिले नै बिक्री भइसके । अहिले तयार भइरहेका माला भने देशभित्रैको बजारका लागि भएको बताउनु भयो ।

 

 

 

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्