एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्दै पुगिन् मानुषीयमी भट्टराई

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषीयमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् ।

मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् । ‘अब यथास्थितिमा अलग-अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने,’ अष्टलक्ष्मीले भनिन् ।

मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘उहाँहरुले यति संघर्ष गरेर ल्याउनु भएको व्यवस्थाप्रति सम्मान गर्दै, त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा हामी एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर छौं ।’

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्