बसमा घर फर्किँदै गरेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । कातिक १७, स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका एक विद्यार्थीको ज्यान गएको छ ।

हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित : 3 November, 2022

प्रतिक्रिया दिनुहोस्