केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आर्मीले सुदूरपश्चिमलाई पी एम कप खेलमा फराकिलो अन्तरले हरायो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १८, प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ । आज शुक्रवार कीर्तिपुर मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई एक सय ६९ रनले हरायो ।

आर्मीले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै एक सय १३ रनमात्र बनाउन सक्यो । उसका लागि वसन्त खत्रीले २५, नारायण जोशीले १९, गजेन्द्र भण्डारीले १७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले तीन तथा विक्रम सोब र शाहब आलमले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनायो । उसका लागि अर्जुन साउदले ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भीम सार्कीले ३४, विनोद भण्डारीले २८ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई–दुई विकेट लिए ।

 

 

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्