केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल भारत मैत्री बस सेवा सञ्चालन

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २१, अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुसी भएका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालन हुन लागेको बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताउनुभयो ।

३६ सिट रहेको बसमा २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ । अहिलेका लागि हप्ताको ३ दिन बस सेवा सञ्चालन हुनेछ । सोमवार, बुधवार र शुक्रवार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधवार, शुक्रवार र आइतवार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।

काठमाण्डौमा वातानुकूलित बस सेवा सञ्चालन गर्दै आएको यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा थप गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको रुट सल्लाहकार भानुभक्त भुसालले बताउनुभयो ।

 

प्रकाशित : 7 November, 2022

प्रतिक्रिया दिनुहोस्