सेयर बजारमा दोहोरो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ ।

२० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ ।नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।

यता नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ६.९० प्रतिशतले गिरावट हुँदा खराब वित्तीय विवरणले निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ६.४० प्रतिशतले गिरावट भएको छ ।

 

प्रकाशित : 13 November, 2022

प्रतिक्रिया दिनुहोस्