बाँके स्थित कोहलपुर शाखाको नबिल बैंकमा आगलागी

काठमाडौ । कातिक ३०, बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । शाखा रहेको घरमा बिहान ५ बजेतिर विद्युत् सट भएर आगलागी भएको हो । आगलागीबाट बैंकका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बिहान आगलागी भएको हो । डीएसपी ऐनबहादुर मल्लले आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताए । उनका अनुसार महत्त्वपूर्ण कागजातका साथै कम्प्युटर र फर्निचर जलेका छन् ।
अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट भएको अन्य थप क्षतिको विवरण आइसकेको छैन । उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।