सेयर धनीलाई आरएसडीसीले ११ प्रतिशत लाभांश दिने

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

१० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयर धनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : 27 November, 2022

प्रतिक्रिया दिनुहोस्