नेप्से परिसूचक २.९९ अङ्कले बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १४, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २.९९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ ।

आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो ।

। त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलब ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलब ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् ।

 

प्रकाशित : 30 November, 2022

प्रतिक्रिया दिनुहोस्