एनएमबि बैंकले ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, एनएमबि बैंक लिमिटेडले मंसिर २६ गतदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १८० मूल्य तोकेर उक्त शेयर पुस ४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।

यो शेयर खरीदका लागि तोकिएको मूल्या वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवेदन दिन सक्ने जानकारी बैंकले दिएको छ ।

इच्छुक खरीदकर्ताहरुले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । तोकिएको मितिभित्र प्राप्त बोलपत्र पुस ५ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । बैंकको यो शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 5 December, 2022

प्रतिक्रिया दिनुहोस्