सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । मंसिर २६, साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ ।
गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौ दिनमा आएर भने दोहोरो अंकले बढेको हो । बैंकिङ बोहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ ।
बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ । राष्ट्र बैंकले बैंकहरुले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैंकका लगानीकर्ता निराश बनेका छन् ।
कोभिड-१९ को समयमा भन्दा बैंकहरुको लाभांश घटेका कारण पनि बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैंकिङ उपसूचक नै गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ ।