लुम्बिनी विकास बैंकले ११ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस ५, लुम्बिनी विकास बैंक लिमिटेडले पुस २६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ४ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ११ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना गरी ६ जना सञ्चालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : 20 December, 2022

प्रतिक्रिया दिनुहोस्