नेप्से दोहोरो अंकले वृद्धि
काठमाडौँ । पुस २१, साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो ।
साताको ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा वृद्धि हुँदा मंगलबार भने एकल अंकको समान्य गिरावट भएको थियो । बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से बिहीबार पनि १७.९२ अंक (०.८४ प्रतिशत) ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ ।
बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसमूह गिरावट भएपनि त्यसबाहेकका सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई उचालेको हो ।
बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५।७५ प्रतिशतले वृद्धि भएको छ ।