जीप दुर्घटना हुँदा जुम्लामा एक जनाको मृत्यु

काठमाडौं । माघ २, जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ वर्षीय छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) यमबहादुर बुढाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख सई बुढाका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटनामा परेको हो ।
यस्तै दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।