लागूऔषध कारोबारमा पक्राउ परेका व्यक्तिले हवल्दारको नाम लिएपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ १८, लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो ।

खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।

 

प्रकाशित : 1 February, 2023

प्रतिक्रिया दिनुहोस्