अन्तिम समयमा नेप्सेमा सामान्य वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । माघ २३, सोमबार सेयर बजारमा ४.५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ०.२२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१००.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो कम्पनीको लगातार तेस्रो कारोबार मूल्य बढेको हो ।