नेप्सेमा एकल अंकको समान्य गिरावट
सहयात्रा टिभी
काठमाडौं । माघ २५, मंगलबार एकै दिने ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ ।
बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ ।
मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।