सरकारले दुई साताभित्रै बर्डफ्लू पीडित किसानलाई राहत

काठमाडौ । माघ २७, एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने भएका छन् ।
कानुनी जटिलताको कारण देखाउँदै सरकारले भुक्तानी रोक्दा आर्थिक अवस्था बिग्रिएको भन्दै करिब तीन सय पोल्ट्री किसानहरु आन्दोलित भएका थिए ।
तर, चौतर्फी आलोचना पछि सरकारले २९९ जना किसानको क्षतिपूर्ति तिर्नका लागि प्रक्रिया अघि बढाएको छ । कृषि मन्त्रालयले प्रस्ताव गरेको ५८ करोड ५२ लाख रुपैयाँ बराबर रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको छ ।
किसानको राहतका लागि अर्थ मन्त्रालयले राय दिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले राहतका लागि आवश्यक रकम निकासाका लागि बिहीबार अर्थ मन्त्रायबाट राय पाएको बताए ।