विधिवत् रुपमा १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सुरु

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ९, मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु भएको छ ।

गएको बिहीवारदेखि सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिलाबिहारी नगरपालिकामा रहेको ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर मङ्गलवार आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् ।

परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत् सुरुवात गर्नुभएको थियो । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताउनु भयो ।

 

प्रकाशित : 21 February, 2023

प्रतिक्रिया दिनुहोस्