सांस्कृतिक पर्व ग्याल्बो ल्होसार शेर्पा समुदायले मनाए

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ९, शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् । ल्होसारको अवसरमा काठमाडौंको बौद्ध स्तूपमा शेर्पा समुदायले आज पूजा गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइन्छ ।

ग्याल्बो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । ग्याल्बो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

 

 

प्रकाशित : 21 February, 2023

प्रतिक्रिया दिनुहोस्