नप्से सामान्य घट्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन १५, कारोबार अवधिभरको उतारचढावपछि आज सोमवार शेयर बजार सामान्य घटेको छ ।
दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो आइतवारभन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ ।
आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेको छ ।