स्याङ्जामा एक किशोरको आँधीखोलामा डुबेर ज्यान गयो

काठमाडौँ । फागुन २७, स्याङ्जाको आँधीखोलामा डुबेर एक किशोरको ज्यान गएको छ । वालिङ-८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर वालिङ ८ कै १६ वर्षका कुशल भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
साथीहरुसँग पौडी खेल्न गएका भुसाल डुबेको जानकारी आए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोली तथा स्थानीयहरुको सहयोगमा शव निकालेको उहाँको भनाइ छ । मृतक भुसालको शवलाई पोष्टमार्टमका लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।