उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध व्याजदर घटाउन प्रर्दशन
सहयात्रा टिभी
काठमाडौँ । फागुन २९, बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेको जानकारी प्राप्त भएको छ ।
बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेको जानकारी प्राप्त भएको छ ।
ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।
प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए ।