बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा छन् । प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

 

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्